गृहपृष्ठ रोपाइँका बेला डिएपी मल नपाएर किसान मर्कामा

रोपाइँका बेला डिएपी मल नपाएर किसान मर्कामा

mal-kalobazari सांकेतिक तस्बिर

किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी मलको आभाव भएको छ । कृषि सामग्री लिमिटेडको केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा डिएपी मल अभाव भएको कृषिको लहान शाखाले जनाएको छ । धान रोपाइँको बेला मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको उक्त शाखाका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए ।

उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकामा अहिले एउटा बोरा पनि मल यहाँको गोदाममा छैन । डिएपी मलको अभाव भए पनि युरिया मल भन्ने पर्याप्त छ । किसान रासायनिक मल खोज्न दिनहुँ सहकारी संस्थामा आउँदै निराश भएर फर्कने गरेका छन् । अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मलको अभावले उत्पादन घट्ने किसानको चिन्ता छ ।

मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको प्रमुख चौलागाईंले बताए । सरकारी अनुदानको डिएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । (रासस)

प्रकाशित समय १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु