गृहपृष्ठ धादिङमा बस र माइक्रोबस ठोक्किँदा १२ जना घाइते

धादिङमा बस र माइक्रोबस ठोक्किँदा १२ जना घाइते

accident-newskarobar

पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रेमा सवारी दुर्घटनामा परि १२ जना घाइते भएका छन् ।

थाक्रे गाउँपालिका–१ खयरघारीमा सोमबार बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका हुन् । चितवनबाट काठमाडौँ आउँदै गरेको बा५ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट जाँदै गरेको लु२ख २१३४ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ ।

दुर्घटनाका सबै घाइतलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको छ ।

प्रकाशित समय १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु