गृहपृष्ठ तीर्थयात्री चढेको जीप पहिरोमा पुरिँदा २ को मृत्यु

तीर्थयात्री चढेको जीप पहिरोमा पुरिँदा २ को मृत्यु

मानसरोवर पुगेर फर्किएका तीर्थयात्री चढेको जीप रसुवामा पहिरोमा पुरिँदा शनिबार दुई जनाको मृत्यु भएको छ ।

सोलुखुम्बु सल्लेरी नगरपालिकाका ४७ वर्षीय वाङ्छु शेर्पा र लिखुपिके गाउँपालिका–१ का ४० वर्षीय दावा शेर्पाको मृत्यु भएको हो । घटनामा ७ जना घाइते भएका छन् । रसुवागढीबाट काठमाडौं आउँदै गरेको ना१ज ७८२४ नम्बरको जीपको पछाडिको भाग पहिरोले पुरेको थियो । जीपमा चालकसहित १० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु