गृहपृष्ठ रेन्ज रोभर पी ४०० नेपालमा आउँदै
रेन्ज रोभर पी ४०० नेपालमा आउँदै
लग्जरीकारको उपनाम पाएको ल्यान्ड रोभरले अब हाइब्रिड कार रेन्ज रोभर पी ४०० लाई नेपालमा पनि विस्तार गर्ने भएको छ । नेपालका लागि आधिकारक बिक्रेता कम्पनी किशोर गियरले नेपाल भित्र्याउन लागेको हो । यसको मूल्यबारे केही उल्लेख गरिएको छैन ।
यो प्रिमियम एसयुभीमा २.० लिटर टर्बोचार्जड इन्जिन राखिएको छ । यसले २९६ बीएच पावर र ४०० एनएम टर्क उत्पादन गर्छ । यसमा भएको इलेक्ट्रिक मोटरले ११४ बीएच पावर र २७५ एनएम टर्क जेनेरेट गर्छ ।
यी दुवै इन्जिनको एकैपटक प्रयोग गर्दा पिक पावरका रूपमा ३९८ बीएच पावर र ६४० एनएम टर्क जेनेरेट हुनेछ । फोर ह्विल ड्राइभ अप्सनमा रहेको यो एसयुभीमा ८ स्पिड अटोमेटिक गियरबक्स जडान गरिएको छ । यसअघिको ३.० भी ६ इन्जिनको तुलनामा यसमा रहेको २.० टर्बो इन्जिन बढी शक्तीशाली रहेको जनाइको छ । यो हाइब्रिड मोडलले ० देखि ६० किलोमिटरको गति पार गर्न मात्र ६.४ सेकेन्ड लगाउने छ ।
१३.१ किलोवाटको लिथिएम आयन ब्याट्री जडित यस कारलाई ७ किलोवाटको एसी चार्जरले घरमा नै चार्ज गर्न सकिन्छ । यसलाई एकपटक फुल चार्ज गर्न करिब १० घन्टा लाग्ने कम्पनीले जनाएको छ । डिसी फास्ट चार्जरबाट भने तीन घण्टाभन्दा कम समयमा नै फुल चार्ज गर्न सकिने जनाइएको छ । यसमा रहेको इलेक्ट्रिक मोटरबाट गाडी चलाउँदा एकपटकको फुलचार्जमा ५० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।
प्रकाशित समय १२:३३ बजे

















