गृहपृष्ठ एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६:०० बजे जनाएअनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा  अवस्थित छ तर जलवाष्प हावाको प्रभाव मध्य र पूर्वमा राम्रो भएकाले मौसमी गतिविधि बढ्ने देखिन्छ । माथिको नक्सामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ ।

हिजोआज देशभरि आंशिकदेखि सामान्य बदली भई देशका पश्चिम र पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको विज्ञप्तिमा छ ।

राति देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङका साथै एक-दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित समय १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु