गृहपृष्ठ फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

सांकेतिक तस्बिर

धार्चे गाउँपालिका-४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी शुक्रबार उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिए ।

‘धार्चेको लाप्राक आएदेखि नै उहाँ बिरामी हुनुभएको रहेछ,’ वडाध्यक्ष गुरुङले भने, ‘घटनाबारे सम्बन्धित ट्राभल एजेन्सीलाई जानकारी गरायौँ, बिहान हेलिकोप्टर आएपछि उपचार लागि पठाइएको हो ।’ पदमार्गका हिँडेकी पर्यटक आकस्मिक बिरामी परेको बिहीबार नै जानकारी पाए पनि खराब मौसमका कारण शुक्रबार बिहान मात्र उद्धार गर्न सफल भएको यती माउन्टेन एडभेन्चरका प्रबन्धक श्री गुरुङले जानकारी दिए ।

उद्धार गरिएकी म्यारीको काठमाडौँ लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको उनले जानकारी दिए । म्यारी छोरासहित गाइड र पोर्टर लिएर मनास्लु पदमार्ग हुँदै लार्केपासका लागि आएकी थिइन् । (रासस)

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु