गृहपृष्ठ अवैध लागूऔषध गाँजासहित पक्राउ
अवैध लागूऔषध गाँजासहित पक्राउ
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ट्रकभित्र १४ वटा पोकामा रहेको ७८ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित ना६ख १३१ नम्बरको ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका-२९ बस्ने ३५ वर्षीय अफ्रिका चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उक्त ट्रकमा जाँच गर्ने क्रममा प्रहरीलाई अभद्र व्यवहार गरी भागेपछि प्रहरीले पिछा गर्दै पेस्तोलबाट गोली फायर गरी ट्रक चालक चौधरीलाई पक्राउ गरेको हो । खुट्टामा गोली लागी घाइते भएका ट्रक चालक चौधरीको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी कर्मचारीसमेत सामान्य घाइते भएका छन् । ट्रकका सहचालक रौतहट गरुडा नगरपालिका-४ बस्ने २० वर्षीय विवेक चौधरी हाल फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित समय १४:३६ बजे

















