गृहपृष्ठ विभिन्न स्थानबाट पटाकासहित पक्राउ

विभिन्न स्थानबाट पटाकासहित पक्राउ

pakrau-arrest-newskarobar

काठमाडौं महानगरपालिका-३२ टाउन प्लानिङ बस्ने सर्लाही घर भएकी २५ वर्षीया बबिता राउतलाई झिरझिरे पटका ८ प्याकेट, चक्र पटाका १ प्याकेट र खुर्सानी पटाका ६० प्याकेटसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बबिताले सोही ठाउँस्थित आफ्नै सोनाम किराना पसलमा उक्त पटाका बेच्दै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी बाग्लुङ नगरपालिका-७ घर भएकी ३३ वर्षीया दिपा शर्माको काठमाडौं महानगरपालिका-३ स्थित किराना पसलमा ३२ प्याकेट पटाका फेला पारी शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका-३ फुटाहाबाट मैनबत्ती पटाका ५ सय थान, फुलझरी पटाका २ सय थान, सुतली पटाका १ सय थान, चक्कर पटाका ५० थान र रकेट पटाका २० थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा थुपारी राखेको उक्त पटाका प्रहरीले फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु