गृहपृष्ठ आईएमईको पैसा लुट्ने पक्राउ

आईएमईको पैसा लुट्ने पक्राउ

धनगढी– धनगढीको व्यस्त बजारमा दिउँसै गोली प्रहार गरी आईएमईको नौ लाख रुपैयाँ लुट्ने चार जनालाई कैलाली प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । जेठ १३ गते बिहान १० बजे आईएमईबाट पैसा लिएर जाँदै गर्दा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी रकम लुट्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मोटरसाइलमा आएका दुईजना लुटेराले कार्कीमाथि गोली प्रहार गरी रकम लुटेर भागेका थिए । प्रहरीले दुईजनालाई काठमाडौंको गोंगबु र दुईजनालाई कञ्चनपुरको बलौरीबाट पक्राउ गरेको हो । धनगढी नगरपालिका–६, जालीका राजकुमार चौधरी लुटपाटका मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु