गृहपृष्ठ बूढानीलकण्ठबाट १ लाख ७८ हजारसहित ११ जुवाडे पक्राउ

बूढानीलकण्ठबाट १ लाख ७८ हजारसहित ११ जुवाडे पक्राउ

pakrau-arrest-newskarobar

काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका ४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार प्रहरीले नगदसहित ११ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गुरुङको कोठाबाट ५०० लिटर अवैध घरेलु मदिरा पनि बरामद गरी नष्ट गरेको छ । गुरुङ यसअघि पनि पटक पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे हुन् । नियन्त्रणमा लिइएका अन्य जुवाडेको परिचय खुलाइएको छैन ।

प्रकाशित समय १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु