गृहपृष्ठ बन्चरो प्रहार गरी छिमेकीको हत्या

बन्चरो प्रहार गरी छिमेकीको हत्या

bancharo-newskarobar

कैलालीको टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार एकजनाले बन्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले छिमेकी २८ वर्षीय खुसीराम चौधरीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको हो । मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुसीरामले सम्झाउन खोज्दा बन्चरो प्रहार गरेको बुझिएको छ । घटनापछि उनी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु