गृहपृष्ठ मध्यम हिमपातको सम्भावना
मध्यम हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ ।
आइतबार देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली भई मध्य र पहाडी भू-भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार देशका मध्य र पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । (रासस)
प्रकाशित समय १२:१६ बजे

















