गृहपृष्ठ जबर्जस्ती करणी अभियोगमा ८० वर्षीय वृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा ८० वर्षीय वृद्ध पक्राउ
जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रकाशित समय १२:२४ बजे

















