गृहपृष्ठ हनुमन्ते नदी सफाइको ९१औँ हप्ता : सात टन फोहर संकलन

हनुमन्ते नदी सफाइको ९१औँ हप्ता : सात टन फोहर संकलन

हनुमन्ते नदी सरसफाइ अभियानको आज ९१औँ हप्ता मनोहरा र हनुमन्तेको संगमस्थल हनुमान मन्दिरको अगाडिबाट नदीको सफाइ गरिएको छ । मध्यपुरथिमी नगरपालिका-९ र ललितपुर तथा काठमाडौँको सिमानामा रहेको हनुमन्ते नदीको आज भएको सफाइ अभियानमा सात टन फोहर संकलन भएको हनुमन्ते अभियानका सफाइ दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिए ।

आजको अभियानका वीर दल गणका नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक संघसंस्थाका टोली एवं प्रतिनिधि, सञ्चारकर्मीलगायत अभियन्ता टोलीको सफाइ अभियानमा सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री एवं राप्रपा संयुक्तका नेता लोकेन्द्रबहादुर चन्दले देशमा साना कामबाट पनि ठूलो परिवर्तन गर्न सकिने बताए ।

उनले हनुमन्ते सफाइ अभियान हेर्दा सानो भएपछि यो नियमित र ठूलो परिवर्तनको काम भएकाले यसको अभियन्ताहरु सम्मानको पात्र भएको बताउँदै खोला र नदीहरूमा फोहर गर्नेहरूलाई पनि फोहर गर्न अब रोक्नुपर्ने बताए । विश्वमै वातावरण प्रदूषण भइरहेको बेलामा नेपालमा पनि यसको ठूलो चपेटामा परेको भन्दै उनले नेपालमा पनि वातावरण प्रदूषणबाट जोगाउन यस्ता काम प्रभावकारी हुने भएकाले सबैले साथ र सहयोग दिएर लाग्नुपर्ने बताए । (रासस)

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु