गृहपृष्ठ अध्यक्ष तिमिल्सिनाद्वारा क्याम्पस उद्घाटन

अध्यक्ष तिमिल्सिनाद्वारा क्याम्पस उद्घाटन

ganesh_prasad_timilsina_newskarobar फाइल तस्बिर

दक्षिण पर्वतको बिहादी गाउँपालिका-४ बहाकीमा सञ्चालित बहाकी बहुमुखी क्याम्पसको सुविधा सम्पन्न भवन निर्माण भएको  छ । झन्डै डेढ करोडको लागतमा निर्माण भएको आठकोठे भवनको शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको बताए । उनले देशलाई आर्थिक रूपमा सबल बनाउन तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले देशलाई समृद्ध बनाउन कर संकलन बढाउनुपर्ने, भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने र हरेक कारोबार पारदर्शी हुनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा पूर्वसभासद गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोविन्द पहाडीले बोलेका थिए । कार्यक्रममा राष्ट्रभक्ति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो । (रासस)

प्रकाशित समय ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु