गृहपृष्ठ डाइभर्सन जनहित समितिद्वारा सरकारलाई ज्ञापनपत्र

डाइभर्सन जनहित समितिद्वारा सरकारलाई ज्ञापनपत्र

bheribabai-newskarobar

भेरी बबई डाइभर्सन प्रभावित क्षेत्रका नागरिकको अगुवाइ गर्दै जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएका छन् । प्रभावित क्षेत्रका तीनवटै स्थानीय तहका जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना गरिनुपर्ने, सडक, सिँचाइको व्यवस्थापन गरिनुपर्ने, आयोजना सम्पन्न भएपश्चात प्राप्त हुने प्रतिफलको ५० प्रतिशत रकम आयोजना प्रभावित क्षेत्रको विकासमा खर्च गरिनुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत गएको मूल्यांकन टोलीबाट क्षतिपूर्तिका लागि सिफारिसमा गम्भीर त्रुटि भएको र पुनः क्षतिपूर्ति मूल्यांकनका लागि व्यवस्थापन गरिदिनसमेत ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

भेरीगंगा नगरपालिकाका प्रमुख तथा भेरीबबई डाइभर्सन जनहित समितिका संयोजक भुपेन्द्रबहादुर चन्दले भेरीबबई डाइभर्सन आयोजना प्रमुखले आफूहरुलाई बारम्बार बेवास्ता गरेको बताए । उनले मुआब्जा सूचीमा नाम परेकालाई समेत आनाकानी गरेर मुआब्जा वितरणमा लापर्बाही गरेको आरोप लगाए ।

जिल्ला प्रसासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले आयोजना प्रभावितको विषयमा आफूहरु निकै चिन्तित भएको बताए । उनले प्रभावितहरुको उचित व्यवस्थापन गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा लेकबेँसी नगरपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका जनप्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु