गृहपृष्ठ स्थापना दिवसमा आश्रमलाई सहयोग

स्थापना दिवसमा आश्रमलाई सहयोग

पाल्पाली समाज पोखराले २६औं स्थापना दिवस मानव सेवा आश्रममा मनाएको छ । सो अवसरमा समाजले आश्रममा भोजनदान तथा नगद सहयोग गरेको छ ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेका अनुसार पोखरा– १७, छोरेपाटनस्थित आश्रममा रहेका १ सय ७ जनालाई बिहीबार एक छाक भोजन गराइएको हो । सामाजिक उत्तरदायित्वस्वरुप समाजले आश्रममा संस्थाको तर्फबाट र विभिन्न व्यक्तिबाट प्राप्त ४० हजार रुपैयाँ सहयोग गरेको उनले बताए । गत वर्ष पनि समाजले पोखराको ह्याप्पी होममा सहयोग गरेको थियो ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु