गृहपृष्ठ अभियुक्त तामाङ २० वर्षपछि पक्राउ

अभियुक्त तामाङ २० वर्षपछि पक्राउ

pakrau-arrest-newskarobar

आफ्नै बच्चाको हत्या अभियोगमा २० वर्षदेखि फरार नुवाकोटको तारकेश्वर गाउँपालिका-५ का ५६ वर्षीया वाङजोम तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । तामाङलाई प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मकवानपुर पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार तामाङले विसं २०५६ भदौ २१ मा मकवानपुरमा रहँदा जन्माइएको बच्चाको हत्या गरेर फालेको अभियोगमा त्यहाँको जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । त्यसबेला अविवाहित तामाङले गर्भपतन गरेको, मृत बच्चा जन्माएको वा जन्माएर हत्या गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु