गृहपृष्ठ बलात्कार र हत्या मुद्दाका फरार पक्राउ

बलात्कार र हत्या मुद्दाका फरार पक्राउ

pakrau-arrest-newskarobar

एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा फरार सिरहाको भगवानपुर गाउँपालिका-३ निवासी ३८ वर्षीय अजयकुमार यादवलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिररहेको अवस्थामा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । विसं २०७५ कात्तिक ३० गते रातिको समयमा घरमा कोही नभएको मौका छोपी छिमेकी ३८ वर्षीय महिलालाई बलात्कार गरी उनकी ६८ वर्षीया सासूको हत्या गरेको यादवमाथि आरोप छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु