गृहपृष्ठ पचास हजार घुस रकमसहित दुई जना पक्राउ

पचास हजार घुस रकमसहित दुई जना पक्राउ

pakrau-arrest-newskarobar

नेपाल-भारत सीमा नजिकै रहेको ब्रह्मपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित मंगलबार पक्राउ गरेको छ ।

भारतबाट नेपालमा अवैध रूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रंगहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ । सई सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसबापत उक्त रकम मागेको टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ ।

उनीहरुलाई हिरासतमा लिएर बर्दिवास लैजाने क्रममा त्रिभुवननगरका केही स्थानीयवासीले अख्तियारको टोलीलाई अवरोध गर्दा अवस्था केहीबेर तनावग्रस्तसमेत भएको थियो । (रासस)

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु