गृहपृष्ठ उच्च पहाड तथा हिमाली भेगमा हिमपात
उच्च पहाड तथा हिमाली भेगमा हिमपात
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको शुक्रबार बिहान बिहान` ६:०० बजेको मौसम बुलेटिनअनुसार हाल नेपालको पश्चिमी भेगमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल देशको पश्चिमी भू-भागमा बादल लागेको छ भने मध्य तथा पूर्वी भू-भागमा पनि सामान्य बदली रहेको छ । पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि फाटफुट वर्षा भएकाले चिसो बढेको छ ।
दिउँसो पश्चिमका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुनेछ । यस्तै मध्य र पू्र्वमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने सम्भावना छ । पश्चिमी भू-भागका केही स्थानमा हावा हुरी आउने पनि सम्भावना रहेको छ ।
राति पनि देशभर सामान्य बदली रहने, कतिपय स्थानमा हल्का वर्षा हुने र उच्च भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले उच्च पहाडसहित हिमाली भू-भागमा हिमपात हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित समय १०:३५ बजे

















