गृहपृष्ठ दुई हेलिकप्टर खेल मैदानमा आकस्मिक अवतरण

दुई हेलिकप्टर खेल मैदानमा आकस्मिक अवतरण

फाइल फोटो ।

पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ ।  मौसममा अकस्मात खराबी आउँदा एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर आज बिहान पोखरा महानगरपालिका- १९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।

दुवै हेलिकप्टर पर्यटकसहित अन्नपूर्ण आधार शिविर पुगेर पोखरा विमानस्थल फर्कँदै थियो । बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो ।

‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्, पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले भने । मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।

प्रकाशित समय १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु