गृहपृष्ठ १६ जनाको सामूहिक केटा पूजा

१६ जनाको सामूहिक केटा पूजा

विराटनगरमा नेवार समुदायका १६ जना बटुकहरुको सामूहिक केटा पूजा अर्थात् व्रतबन्ध गरिएको छ । विराटनगर- १० स्थित झी पुचको आयोजनामा सामूहिक व्रतबन्ध गरिएको हो ।

नेवार समुदायमा केटा पूजा भनिने व्रतबन्धमा धरान, विराटनगर र काठमाडौँबाट १६ जना बटुक सहभागी थिए । व्रतबन्ध गरेकाहरु मात्र धार्मिक परम्परा अनुसारका कर्महरु गर्न योग्य मानिने भएकाले नेवार समुदायमा केटा पूजा एउटा महत्वपूर्ण कर्मका रुपमा अनिवार्य मानिन्छ ।

विशेष गरेर ७ वर्षदेखि १२ वर्षसम्मका किशोरहरुको व्रतबन्ध गर्ने परम्परा छ । झी पुचले ३२ वर्षअघि नेपाल सम्वत ११०७ बाट सामूहिक व्रतबन्धको थालनी गरेको संस्थाका महासचिव सरद श्रेष्ठले जानकारी दिए ।

सामूहिक व्रतबन्ध सम्पन्न गर्न झी पुचले प्रतिबटुक ५ हजार रुपैया शुल्क लिएर आवश्यक सम्पूर्ण सुविधा उपलब्ध गराउने गरेको छ । सो शुल्कमा पुजाका लागि आवश्यक सामग्रीका साथै पुरोहितको दक्षिणा र ५ जनाको भोजन उपलब्ध गराउने गरिएको महासचिव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु