गृहपृष्ठ मोरङमा ७९ वर्षीया वृद्धको उद्धार

मोरङमा ७९ वर्षीया वृद्धको उद्धार

विराटनगर ११ पिचरामा ७९ वर्षीय जाडोले कठ्याङ्ग्रिएर बिरामी भई थला परेकी एक जना वृद्धाको उद्धार गरिएको छ । लामो समयदेखि बिरामी भई हिँड्डुल गर्न नसक्ने वृद्धा चन्द्रकुमारी ठकुरीको उद्धार भएको हो । सामाजिक अभियन्ता पेरिस सुवेदीको पहलमा युवाहरूको समूहले वृद्धाको उद्धार गरेपछि विराटनगरस्थित मानव सेवा आश्रममा वृद्धा ठकुरीलाई राखिएको छ ।

श्रीमानको मृत्यु भएपछि ठकुरी सडकको नालामाथि टिनको छाप्रो बनाएर बसोबास गर्दै आएका थिइन् । उनको दिशापिसाब एकै ठाउँमा हुने गरेको थियो । पुसको सुरुवातदेखि नै शीतलहरसँगै बढेको जाडो र बिरामीले थलापरेकी वृद्धाको जीवन कष्टकर भएको थियो ।

जाडो बढेपछि उनी तावामा आगो बालेर रात कटाउने गरेकी थिइन् । ‘यस्तो दयनीय अवस्था रहेको वृद्धाको पीडा देखेपछि लगातारको प्रयासपछि उहाँको उद्धार गर्न सफल भएका छौँ,’ सामाजिक अभियन्ता सुवेदीले भने, ‘अहिले उहाँको रेखदेख मानवसेवा आश्रमबाट गरिनेछ ।’ उनले ठाकुरीको उपचार पनि आश्रममा भइरहेको जानकारी दिए ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु