गृहपृष्ठ कान्तिपुर सिटी कलेजका विद्यार्थीलाई अध्ययन भ्रमण

कान्तिपुर सिटी कलेजका विद्यार्थीलाई अध्ययन भ्रमण

कान्तिपुर सिटी कलेजको इन्जिनियरिङका विद्यार्थीले सोमबार भक्तपुरस्थित गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिको अवलोकन भ्रमण गरेका छन् । भवन निर्माणमा आधुनिक निर्माण सामग्रीको प्रयोगबारे बुझ्न विद्यार्थीहरु अवलोकन भ्रमण गरेका हुन् ।

उनीहरुले भक्तपुरको हनुमानचोकस्थित गोर्खा इको प्यानल र चाँंगुरोडस्थित गोर्खा प्रिकाष्ट एण्ड विण्डोरको कारखानामा पुगेर अवलोकन भ्रमण गरे । विद्यार्थीलाई गोर्खा इको प्यानलका प्रोजेक्ट म्यानेजर इन्जिनियर कृष्णसुन्दर कुम्पाखले कारखानाका उत्पादनहरुबारे जानकारी गराएका थिए ।

कारखानाबाट गोर्खा इको प्यानल (इटाको विल्कपमा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री), गोर्खा वाथर पेभर (भुइँमा छाप्ने पानी सोस्ने ब्लक), गोर्खा प्रिकाष्ट स्ल्याब (ढलानको विकल्पमा कारखानामा पहिला नै तयार पारिएको स्ल्याब), गोर्खा वाउण्डरी वाल (पर्खालका प्रयोग हुने लामोलामो स्ल्याब) लगायतका निर्माण सामग्री उत्पादन हुने जानकारी गराए ।

सो अवसरमा उनले गोर्खा इको प्यानललाई कारखानाको रुपमा मात्रै नभई नवीनतम निर्माण सामग्रीको अध्ययन स्थलको रुपमा विकास गर्दै लैजाने योजना अनुरुप विद्यार्थी भ्रमण गराउँंदै आएको जानकारी गराए ।

कलेजका सिभिल डिपार्टमेन्टका प्रमुख इन्जिनियर दीपकविक्रम थापाले विद्यार्थीलाई नयाँं निर्माण सामग्रीबारे जानकारी दिने उद्देश्यले भ्रमण गराइएको बताए । उनले किताबमा पुराना निर्माण सामग्रीबारे मात्रै उल्लेख भएकाले भोलिका दिनमा इन्जिनियर भई काममा जाँंदा समस्या नहोस् भनेर नयाँ सिकाईका लागि भ्रमण गराएको बताए ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु