गृहपृष्ठ अमेरिकी डलरसहित सिंगापुरका नागरिक पक्राउ
अमेरिकी डलरसहित सिंगापुरका नागरिक पक्राउ
लुकाईछिपाई अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको रकमसहित काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक K0926002G नम्बर राहदानी बाहक ५७ वर्षीय तान घिम चियोङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा उनले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रकाशित समय १८:३२ बजे

















