गृहपृष्ठ पूर्वडीआइजी खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’
पूर्वडीआइजी खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’
पूर्वडीआइजी रमेश खरेलको नेतृत्वको ‘हाम्रो नेपाल सुशासन अभियान’को सुरू गरिएको छ । ‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ बिहीबार अभियानको शुभारम्भ गरिएको हो ।
नातावाद र कृपावादको भूमरीमा फसेको मुलकको उद्धार गर्नु अभियानको मुख्य उद्देश्य रहेको अभियानका संयोजक खरेलले बताए । ‘जहाँ गए पनि नातावाद, कृपावाद । अति भयो अब त, त्यसैले मुलुक बनाउने अभियानमा हामी सबै एक भएर अघि बढ्नुको विकल्प छैन,’ अभियानको शुभारम्भ समारोहमा खरेलले भने, ‘भ्रष्टाचारको जालो तोड्ने लडाई अब सुरु भयो ।’
अभियानको केन्द्रीय तदर्थ कार्यकारी परिषदमा देवेन्द्र प्रसाद सिटौला, राजकुमार यादव, डा. नारायण घिमिरे र रोशन श्रेष्ठ छन् ।
प्रकाशित समय १७:०६ बजे

















