गृहपृष्ठ अवैध घरेलु मदिरा भट्टी नष्ट
अवैध घरेलु मदिरा भट्टी नष्ट
धनुषामा रक्सी भट्टी नष्ट गर्दै प्रह।प्रहरी ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका लगायतका स्थानहरूमा रहेका अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरू नष्ट गरिएको छ ।
प्रहरीले सोमबार ८ वटा भट्टी तथा भट्टीबाट उत्पादित करिब ३ हजार १ सय ६० लिटर कच्चा पदार्थ र करिब १ सय लिटर तयारी मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा, कोल्हवी, जितपुर र सीमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले उक्त भट्टी तथा मदिरा नष्ट गरेको हो ।
प्रकाशित समय १३:५७ बजे

















