गृहपृष्ठ ‘दुबई पठाइदिन्छु’ भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
‘दुबई पठाइदिन्छु’ भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
वैदेशिक रोजगारको सिलसिलामा दुबई पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं रानीवन बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका- ४ खुङगा घर भएका ३८ वर्षीय सुनिल भन्ने शिव कुमार घर्ती मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपालिका- २६ गोगंबुचोकबाट पक्राउ गरेको हो । मगरले दुबईमा वर्किङ भिषामा आकर्षक तलब हुन्छ भनी विभिन्न प्रलोभनमा पारी ९ जना व्यक्तिहरुसँग नगद १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको खुल्न आएको छ ।
मगरलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।
प्रकाशित समय १८:३० बजे

















