गृहपृष्ठ ‘हाम्रो खाली घर क्वारेन्टाइनका लागि निशुल्क उपलब्ध छ’

‘हाम्रो खाली घर क्वारेन्टाइनका लागि निशुल्क उपलब्ध छ’

कोरोना भाइरसको संक्रमण देखिएमा क्वारेन्टाइनको रूपमा प्रयोगका लागि सर्वसाधारणले आफ्नो निजी घर उपलब्ध गराउने घोषणा गर्न थालेका छन् । यसै क्रममा चिराग गोयलले पनि काठमाडाैंको सिफलस्थित आफ्नो खाली घर क्वारेन्टाइनका लागि उपलब्ध रहेकाे जानकारी गराएका छन् ।

सो कुरा उल्लेख गर्दै मंगलबार उनले फेसबुकमा लेखेका छन्, ‘यो सिफल, काठमाडौंमा रहेको हाम्रो खाली घर हो । एक विदेशीलाई काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटल किन्न नसक्ने पोस्ट हेर्दा, हामीले यसलाई १४ दिनको क्वारेनटाइन अवधिको लागि निःशुल्क रहनको लागि दिने निर्णय गरेका छौं ।’

‘हामीलाई थाहा छ कि, परिस्थिति हातबाट हट्यो भने सरकारले सबैलाई सहयोग गर्न सक्दैन, त्यसैले यदि सरकार वा कुनै नाफा नकमाउने संस्थाले परिस्थितिलाई लड्नका लागि अस्थायी अस्पताल बनाउन चाहन्छ भने हामी यसलाई निःशुल्क प्रदान गर्नेछौं,’ गोयलले फेसबुकका पोष्ट गरेका छन् । उनको घर क्वारेन्टाइनका लागि प्रयोग गर्न चाहे आफूलाई म्यासेज गर्न गोयलले अनुरोध गरेका छन् ।

This is our vacant house in Sifal, Kathmandu. Looking at a post where a foreigner was looking for a place to stay in…

Chirag Goyal यांनी वर पोस्ट केले सोमवार, १६ मार्च, २०२०

प्रकाशित समय १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु