गृहपृष्ठ ६ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

६ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

pakrau-arrest-newskarobar

नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु