गृहपृष्ठ हामी नेपालको साथमा छौँ : चिनियाँ राजदूत

हामी नेपालको साथमा छौँ : चिनियाँ राजदूत

hou-yanchi-chinese-newskarobar

कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशैभर लकडाउन गरेको नेपाललाई यो अभियानमा चीनले साथ दिने बताएको छ । चीनले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने बताएको छ ।

नेपाल सरकारको आग्रहमा चीनले सहयोग सामग्री प्रदान गर्ने भएको हो । सोमबार नेपालमा एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै चिनियाँ राजदूत होउ यान्छीले संकटका बेला चीन नेपालको साथमा रहेको बताएकी छन् ।

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरुलाई सहयोग गर्न चिकित्सा सामग्रीहरु सकेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ,’ राजदूत यान्छीले ट्वीटमा लेखेकी छन् ।

प्रकाशित समय ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु