गृहपृष्ठ एम्बुलेन्स चालक संघद्वारा सुरक्षाको माग
एम्बुलेन्स चालक संघद्वारा सुरक्षाको माग
फाइल तस्बिर ।
संयुक्त एम्बुलेन्स चालक संघ, सुदूरपश्चिमले एम्बुलेन्स चालकहरुका लागि सुरक्षा सामग्री माग गरेको छ । संघले बिहीबार सामाजिक विकासमन्त्री र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई मागपत्र बुझाएका छन् ।
संघका प्रदेश अध्यक्ष लक्ष्मण सिंहले एम्बुलेन्स चालकहरू असुरक्षित भएर काम गर्न बाध्य हुनु परेकाले सो माग गरिएको बताए । निवेदनमा एन्टी-ब्याक्टेरियल स्प्रे र सुरक्षा सामग्रीहरु (मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजर) उपलब्ध गराउन माग गरिएको छ ।
प्रदेशमा सञ्चालित एम्बुलेन्सहरूले आजसम्म सेवा प्रदान गर्दै आइरहेको तर कोरोना भाइरसको समस्या जटिल बन्दै गइरहेको परिप्रेक्ष्यमा एम्बुलेन्स सेवालाई निरन्तर सुचारू गर्नका लागि सुरक्षा सामग्री उपलब्ध गराइनुपर्ने संघको माग छ ।
संघको निवेदन :

प्रकाशित समय १८:३९ बजे

















