गृहपृष्ठ आफ्नो नागरिक लैजान अमेरिकीले पनि गर्‍यो विमान चार्टर

आफ्नो नागरिक लैजान अमेरिकीले पनि गर्‍यो विमान चार्टर

कोरोना महामारीबाट बच्न सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाल घुम्न आएका विभिन्न देशका पर्यटकहरू यतै रोकिएका छन् । नेपालका विभिन्न स्थानमा फसेका उनीहरूको उद्धार पनि भइरहेको छ । नेपालमै रोकिएका आफ्ना नागरिकहरूलाई सम्बन्धित देशले स्वदेश फर्काइरहेका छन् ।

यसै क्रममा नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान जहाज चार्टर गरेको छ । अमेरिकी सरकारले चार्टर गरेकाे कतार एयरवेजको जहाज मंगलबार काठमाडाैं आउने भएकाे छ ।  काठमाडौंबाट सो जहाज दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा रहेका अमेरिकी नागरिकलाई चार्टर्ड उडानमार्फत अमेरिका फिर्ता लैजाने जानकारी गराएसँगै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौंमा ल्याउन सहजीकरण गरिरहेको छ । विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिक आज स्थलमार्गबाट काठमाडौं आइरहेको बोर्डले जनाएको छ ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु