गृहपृष्ठ प्रदेश ५ सरकारले कोरोना जाँच्ने तीन प्रयोगशाला स्थापना गर्ने
प्रदेश ५ सरकारले कोरोना जाँच्ने तीन प्रयोगशाला स्थापना गर्ने
प्रदेश ५ सरकारले कोरोनाभाइरस (कोभिड-१९) जाँच गर्ने तीनवटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जको भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।
हालै मात्र केन्द्र सरकारले चीनबाट ल्याएको कोरोनाभाइरस संक्रमण भए/नभएको जाँच गर्ने पाँचमध्ये एक मेसिन प्रदेश ५ लाई दिएको छ ।
प्रकाशित समय १९:४५ बजे

















