गृहपृष्ठ कोरोना कोषमा गोरखा लाहारी प्रालिद्वारा ११ लाख सहयोग

कोरोना कोषमा गोरखा लाहारी प्रालिद्वारा ११ लाख सहयोग

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको प्रभाव नेपालमा पनि परेपछि आफतकालिन रुपमा सरकारले कोरोना कोष स्थापना गरेको छ ।

जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा कोरोना कोष खडा गरेपछि गोरखा लाहारी प्रालिले पनि कोषमा ११ लाख सहयोग गरेको छ । कम्पनीका संचालक बजरङ्ग सिंह तवरले बागमती प्रदेश कोषमा दश लाख र जिल्ला स्तरीय कोषमा एक लाख सहयोग गरेको बताएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गर्दै कम्पनीका संचालक तवरले कोरोना भाइरसविरुद्ध सम्पूर्ण विश्वसंगै हाम्रो देश नेपाल पनि लडिरहेको वर्तमान परिस्थितिमा सामाजिक उत्तरदायित्व वहन गर्दै आफूले सहयोग गरेको बताए ।

प्रकाशित समय १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु