गृहपृष्ठ खाजा बनाउन बालेको आगोले ३९ घर खरानी
खाजा बनाउन बालेको आगोले ३९ घर खरानी
सांकेतिक तस्बिर ।
विजयनगर गाउँपालिका- १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । स्थानीय काशीराम यादवका घरमा दिउँसो खाजा बनाउन बालेको आगोले खरले छाएको छानोमा छोएपछि आगलागी सुरु भएको थियो ।
आगोले गाउँका पूरै घर जलेका छन् । गाउँको उत्तरदेखि सुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।
आगलागीबाट करीब एक करोड रूपैयाँको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । घटनाकाे वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ । राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नंं १ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिए ।
कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो । पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दूरी करीब ५० किलोमिटर छ ।
प्रकाशित समय २१:४८ बजे

















