गृहपृष्ठ कोरोना संक्रमित २ लाख २८ हजारको सफल उपचार, ७ लाख ७१ हजारको अवस्था सामान्य
कोरोना संक्रमित २ लाख २८ हजारको सफल उपचार, ७ लाख ७१ हजारको अवस्था सामान्य
अमेरिकामा मृत्युदर तीव्र रुपमा बढ्दै
विश्वभर कोरोनाभाइरस संक्रमित ११ लाखनजिक पुग्दा शनिबार बिहानसम्ममा २ लाख २८ हजारभन्दा बढी सफल उपचारपछि घर फर्किएका छन् । कोरोनाबाट निधन हुनेको संख्या ५९ हजार नाघेको छ ।
अस्पतालहरूमा उपचाररत ७ लाख ७१ नागरिकको स्थिति सामान्य छ भने ३९ हजार ४ सयको गम्भीर बिरामी छन् । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामै १ हजार ३२१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ५ हजार ७८७ जना गम्भीर बिरामी छन् ।
अमेरिकमा २४ घण्टामै ३२ हजार २४८ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १६१ पुगेको छ । अमेरिकामा सफल उपचारपछि घर फर्किनेको संख्या १२ हजार २८३ छ । अमेरिका सर्वाधिक मृत्यु हुने देशको सूचीमा तेस्रो नम्बरमा आइसकेको छ । इटालीमा सर्वाधिक १४ हजार ६८१, स्पेनमा ११ हजार १९८ र अमेरिकामा ७ हजार ३९२ मानिसले ज्यान गुमाएका छन् ।
अमेरिकाको न्यु योर्कमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या उच्च छ । न्यु योर्कमा १ लाख ३ हजार संक्रमित रहेकोमा तीन हजार २१८ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा विश्वका २०५ देशमा ८२ हजार ९ सय नयाँ संक्रमित थपिएका छन् ।
प्रकाशित समय ०७:१० बजे

















