गृहपृष्ठ प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग संवाद
प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग संवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिबार बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग टेलिफोन संवाद गरेका छन् ।
कोरोना भाइरसको संक्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राखेका हुन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाएका छन् ।
कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020
प्रकाशित समय १७:५४ बजे

















