गृहपृष्ठ हत्या अभियोगमा सासु-ससुरासहित ३ जना पक्राउ
हत्या अभियोगमा सासु-ससुरासहित ३ जना पक्राउ
बुहारीको हत्या गरेको अभियोगमा बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फूलकुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीसमेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
२५ वर्षीया बुहारी उर्मीला देवीलाई घरमा कर्तव्य गरी मारेर घाटमा लगेर दाहसंस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको हो । मृतकको श्रीमान वैदेशिक राेजगारीका लागि नेपालबाहिर छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टोलीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १३:०२ बजे

















