गृहपृष्ठ कोरोनाभाइरसबाट बच्ने उपायबारे ९९ प्रतिशत नेपाली जानकार

कोरोनाभाइरसबाट बच्ने उपायबारे ९९ प्रतिशत नेपाली जानकार

कोरोनाभाइरसबाट बच्ने उपायबारे करिब ९९ प्रतिशत नेपाली जानकार रहेको अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसिएटिभ नेपालले गरेको राष्ट्रिय सर्वेक्षणअनुसार ९८.६ प्रतिशत नेपालीले कोरोनाभाइरस महामारीबाट आफू र परिवारका सदस्यलाई सुरक्षित राख्ने उपायबारे थाहा भएको बताएका हुन् ।

सर्वेक्षणमा सहभागी गराइएकामध्ये ९० प्रतिशत नेपालीले कोरोनाबाट बच्न बेलाबेलामा साबुनपानीले हात धुने वा अल्कोहलयुक्त सेनिटाइजर प्रयोग गर्ने बताएका छन् । त्यस्तै ८६.३ प्रतिशत नेपालीले भीडबाट टाढा रहने उत्तर दिएका छन् । ७१.१ प्रतिशतले मास्क लगाउने र ३० प्रतिशतले हाच्छिउँ गर्दा वा खोक्दा रुमाल, टिस्यु वा कुहिनाले नाक मुख छोप्ने बताएका छन् ।

अध्ययनका लागि सातै प्रदेशबाट १ हजार ११० जनाले स्याम्पल लिइएको थियो । सर्वेक्षणमा प्रदेश १ बाट १८५ जना, प्रदेश २ बाट २०१, बागमती प्रदेशबाट २६९, गण्डकीबाट ९९, लुम्बिनीबाट १९१, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ९७ जना सहभागी भएका थिए । सेयर कास्ट इनिसिएटिभका मधु आचार्य, भूमिराज चापागाईं र रमेशप्रसाद अधिकारीको नेतृत्वमा सर्वेक्षण भएको हो ।

 

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु