गृहपृष्ठ कैलालीमा भारतबाट आएका ३६ जनाको रिपोर्ट नेगेटिभ
कैलालीमा भारतबाट आएका ३६ जनाको रिपोर्ट नेगेटिभ
कैलालीमा भारतबाट फर्किएका ३६ जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ । टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएका ३६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
टीकापुर नगरपालिकाका स्वास्थ्य संयोजक बलबहादुर रावलले क्वारेन्टाइनमा राखिएका ३७ मध्ये ३६ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । रावलका अनुसार एकजनाको परीक्षणका लागि थ्रोट स्वाबको मात्रा नपुगेपछि परीक्षण भएको छैन । उनको पुनः नमुना संकलन गरी परीक्षण गरिने स्वास्थ्य संयोजक रावलले बताए ।
प्रकाशित समय १५:५० बजे

















