गृहपृष्ठ १० जना एसएसपी डीआईजीमा बढुवा (सूचीसहित)

१० जना एसएसपी डीआईजीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

गृह मन्त्रायलले शनिवार ०४९ भर्ना भएका प्रहरी अधिकृतलाई बढुवा गरेको हो । धनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसीलाई बढुवा गरेका गृह मन्त्रालयले जनाएको छ ।

बढुवा भएका घनश्याम अर्याल ७२.७९२४ प्राप्तांकका साथ पहिलो स्थानमा छन् भने सबैभन्दा कम ६९.१३६३ अंक प्राप्त गरी उत्तमबहादुर विसी दशौं नं मा बढुवा भएका छन् ।

प्रकाशित समय ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु