गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६० हजार नाघ्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६० हजार नाघ्यो

अमेरिकामा ३९ हजारको मृत्यु, सात लाख ३९ हजारमा संक्रमण

सोलमा कोरोना भाइरसविरूद्ध सावधानीका रूपमा कीटाणुनाशक बनाइँदै ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ६० हजार नाघेको छ । आइतबार बिहानसम्म एक लाख ६० हजार ७४७ जनाले ज्यान गुमाएका छन् ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर २३ लाख ३० हजार ७८१ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै साढे ६ हजारभन्दा बढीको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना संक्रमण भएका पाँच लाख ९६ हजार ४८२ जनाको अहिलेसम्म सफल उपचार भएको छ । सबैभन्दा बढी चीनमा ७७ हजार २९ जनाको उपचार भइसकेको छ । विश्वभर अझैं ५५ हजार २६५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाको प्रकोपले धेरै मानवीय क्षति भोगेको अमेरिका दिनहुँजसो दुई हजारको हाराहारीले ज्यान गुमाउदै आएका छन् । अहिले अमेरिकामा ज्यान गुमाउनेको संख्या ३९ हजार १४ पुगेको छ । त्यस्तै सात लाख ३८ हजार ७९२ जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ हजार २६९ जनाको उपचारपछि सञ्चो भइसकेको छ ।

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु