गृहपृष्ठ छोरीको हत्या गरी ‘आत्महत्या’ भन्ने व्यक्ति पक्राउ

छोरीको हत्या गरी ‘आत्महत्या’ भन्ने व्यक्ति पक्राउ

arrest_pakrau_news karobar

आफ्नै छोरीको हत्या गरी आत्महत्या भनी बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका- १ छपकैयाटोल बस्ने २९ वर्षीय संजय कुमार साह सोनारलाई वैशाख ४ गते प्रहरीले पक्राउ गरेको छ ।

सोनारले आफ्नै छोरी ७ वर्षीया अंशू कुमारी गत चैत ११ गते दिउँसो ‘झुण्डिरहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको’ बताएका थिए । प्रहरीले अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारीले आफै झुण्डी आत्महत्या गरेको नभई मृतकको बुवा संजयकुमारले घाँटी थिची हत्या गरेको खुल्न आएको हो ।

साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्याजस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु