गृहपृष्ठ १० डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

१० डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

nepal police_newskarobar

गत वैशाख ७ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका १० जना वरिष्ठ प्रहरी अधिकृत दर्ज्यानी चिह्न सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीले उनीहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने डीआईजीहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी रहेका छन् ।

सोही अवसरमा आईजीपी ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको २०७६ चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षक(इन्स्पेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीएसपीए) पदमा पदोन्नति भएका डीएसपी पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरे ।

उक्त अवसरमा आईजीपी ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात प्राप्त गर्ने जिमेवारीहरु एवं संगठनका नीतिहरु पुरा गर्ने आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहडीआईजी घनश्याम अर्यालले संगठनले अंगिकार गरेका नीतिहरु एवं आफूले प्राप्त गर्ने जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता र इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित समय २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु