गृहपृष्ठ आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Fire-Aagolagi_newskaronbar सांकेतिक तस्बिर

भोजपुरको भोजपुर नगरपालिका ६ चिहानडाँडा बस्ने राजेश कुमार श्रेष्ठको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ बस्ने सिद्दी कुमार सैजुको घरमा बिद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाराको पचरौता नगरपालिका ५ बेल्दारी बस्ने लालबाबु प्रसाद यादवको घर अगाडी पार्किङ गरी राखेको ना १ त ५१७९ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान आगलागी भएको छ । आगलागीबाट उक्त ट्याक्टरमा रहेको व्याट्री, रेडियटर र प्लास्टिक भएको सामानहरु जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु