गृहपृष्ठ उदयपुरमा ५१४ जना जनाको स्वाब परीक्षण : २८ जना संक्रमित, ११० जनाको रिपोर्ट आउँन बाँकी

उदयपुरमा ५१४ जना जनाको स्वाब परीक्षण : २८ जना संक्रमित, ११० जनाको रिपोर्ट आउँन बाँकी

उदयपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएसँगै यहाँ ५ सय १४ जनाको स्वाब संकलन गरि परीक्षण गरिएको छ । त्यसमध्ये २ महिलासहित २८ जनामा कोरोना संक्रमण भेटिएको छ भने ११० जनाको रिपोर्ट आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा आएका भारतीय मुस्लिम धर्म गुरु जमातीहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सम्र्पकमा आएकाहरुको स्वाब परीक्षण थालिएको थियो । त्रियुगा नगरपालिका ३ भुल्के, कटारी नगरपालिका १ बेलश्रोतमा रहेको क्वारिन्टाइन र त्रियुगा नगरपालिका ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका क्वारेटिन रौतामाई गाउँपालिका लगायतका स्थानबाट स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यस्तै भुल्केमा कोरोना संक्रमित मुस्लिम धर्म प्रचारक गुरु जमातीहरुसँगको सम्र्पकमा आएका चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरस्थित शिवाई, ज्यामिरे, वडा नम्बर ९ का ज्यामिरे त्रियुगा नगरपालिका– २ मोथियाहीका मुस्लिम समुदायका ९ महिला सहित ७८ जना र २७ जना स्वास्थ्यकर्मी र भोजपुरको हतुवागढीका संक्रमित बसेको बेलका नगरपालिका– ८ मैनामैनीको ५ जना गरी ११० जनाको पछिल्लो पटक स्वाब परीक्षणका लागि प्रदेश १ का प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराटनगरले उनीहरुको स्वाब संकलन गरिएको छ, त्यसको रिपोर्ट भने आउँन बाँकी छ ।

स्वाब परिक्षण भएकामध्ये ३७६ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीको भनाई रहेको छ । प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा. जयबेन्द्र यादबको नेतृत्वमा आएको टोलीले बिहिबार शिवाई र मोथियाही अस्थायी क्याम्प खडा गरि स्वाब परीक्षणको नमूना संकलन गरिएको थियो । संकलित स्वाबलाई विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिने डा. यादबले बताए ।

प्रदेश १ सरकारको सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित आएको टोलीले शिवाई, ज्यामिरे, मोथियाहीमा स्वाब नमूना संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले बताए । प्रदेश सरकारको सामाजिक विकासमन्त्री घिमिरे, नेपाली सेनाका ईटहरी पृतनाका पृतनापति उपरथीसहित खटिएको प्रदेश स्वास्थ्यकर्मीको टोलीले स्वाब नमूना संकलन गरेको हो ।

भुल्केमा संक्रमित भारतीय मुस्लिम धर्म प्रचारक गुरुहरु शिवाई, ज्यामिरे, मोथियाहीको मस्जिदमा बस्दै आएको ट्राभल्ल हिस्ट्रि भेटिएकाले त्यहाँको स्वाब संकलन गरिएको हो । चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुरको तीन टोल र वडा नं. ९ को एकटोलमा रहेका मुस्लिम समुदायका संकास्पद व्यक्तिहरु र उनीहरुको सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको स्वाब संकलन गरिएको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले बताए ।

वडा नं. ५ सुन्दरपुर सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीका संकास्पद मुस्लिम समुदायका मानिसहरुको स्वाव संकलन गरिएको हो । चिया पसल, किराना पसल र अन्य व्यवहारिक हिसाबले उनीहरुसंग सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको पनि स्वाव संकलन गरिएको हो ।

चौदण्डीगढीमा पहिलो चरणमा संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टको आधारमा थप रणनीति बनाउने नगर प्रमुख राईले जानकारी दिए । त्रियुगा नगरपालिका ३ भुल्केमा बुधबारसम्म १२ भारतीय नागरिकसहित २८ जनाको कोरोना संक्रमण पुष्टि भइ सकेको छ ।

संक्रमित फेला परिसकेपछि उदयपुरलाई विशेष संक्रमित क्षेत्रको रुपमा हेरेर पहिलो चरणमा मुस्लिम समुदायको वस्तीहरुमा स्वाब नमूना संकलन र परीक्षणको काम भइरहेको छ । उदयपुरका अहिले दोस्रो चरणमा कोरोना संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले जानकारी दिए ।

प्रकाशित समय ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु