गृहपृष्ठ पूर्वप्रधानमन्त्री भट्टराईको अन्तर्वार्ता प्रकरण : रेडियो नेपालका कार्यकारी निर्देशकलाई हटाउने तयारी
पूर्वप्रधानमन्त्री भट्टराईको अन्तर्वार्ता प्रकरण : रेडियो नेपालका कार्यकारी निर्देशकलाई हटाउने तयारी
कार्यकारी निर्देशक कार्की ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसँग गरिएको अन्तर्वार्ताको विषयमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई हटाउन सरकारले तयारी गरेको छ । अन्तर्वार्ताको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई स्पष्टीकरण मागेको छ ।
कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले चैत ९ मा गरेको निर्णयअनुसार ‘कार्य सम्पादन सन्तोषकजनक नभएको’ भन्दै मंगलबार मन्त्रालयले ७ दिनभित्र पेश गर्नेगरी कार्कीलाई अर्को स्पष्टीकरण पनि सोधेको छ ।
रेडियो नेपालबाट गत सोमबार बिहान प्रत्यक्ष प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेश, घृणा उब्जाएको, सरकारविरुद्ध सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रामक र लाञ्छनायुक्त शब्द प्रयोग भएको पाइएको भन्दै स्पष्टीकरण पेश गर्न भनिएको छ ।
हेर्नुहोस् स्पष्टीकरण सोधिएका पत्र :

प्रकाशित समय १५:१९ बजे

















