गृहपृष्ठ नेपालमा थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

नेपालमा थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा थप तीन जनामा कोरोना पोजिटिभ देखिएपछि संक्रमितको संख्या ५७ पुगेको हो ।

संक्रमण पुष्टि भएका तीन जनामध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । उनीहरु यसअघि इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट नेपाल फर्केका थिए ।

५०, ४६ र ३१ वर्षका तीन जना पूरुषमा भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । अहिलेसम्म कारोना संक्रमित १६ जना भने उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु